Samajik Feed – News Portal from Nepal

समजिक फीड
जनकपुरधाम, असार १४

दोलखामा एसईईको नतिजा राम्रो नआएपछि एक छात्राले आत्महत्या गरेकी छन्। गौरीशंकर गाउँपालिका–२ जुँगुकी १६ वर्षीया जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन्। स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा खराब भएपछि हिजो आफ्नो घरको माथिल्लो तलामा आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ।

आत्महत्या गर्नुअघि जेनिसाले सुसाइट नोट लेखेर बुबा, आमा र परिवारका सदस्यसँग माफी मागेकी थिइन्। मृत्तक जेनिसाको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याइएको छ।

4o

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *