सामाजिक फीड
६ असार २०८१, बिहिवार
डा. सोहन साह मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष बनेका छन्। मुख्यमन्त्री सतिश सिंहले बिहीबार उनलाई नियुक्त गरेका हुन्।
आजै डा. साहले शपथ लिएर पदभार ग्रहण गरेका छन्। यसअघि, उनी जनमत पार्टीको तर्फबाट आयोगको सदस्य थिए। जनमत पार्टीले ९ माघमा सरकार छाडेपछि, सरकारले उनलाई बर्खास्त गरेको थियो।