Samajik Feed – News Portal from Nepal

२३ कार्तिक, जनकपुरधाम। मधेश प्रदेश स्थित महोत्तरी जिल्लाको पिपरा गाउँपालिका, बनौली-७ मा श्री श्री १०८ श्री महावीर झण्डा झरी पार्टीका अध्यक्ष राम नरेश झाको अध्यक्ष्तामा झण्डा मेलाको आयोजना गरिएको छ। उक्त झण्डा मेला ३ दिन सम्म रहने छ।

महावीर हनुमान वीरताका प्रतीक हुन् । रामायणमा पनि महावीर हनुमानको वीरताको वर्णन गरिएको छ। धार्मिक अनुष्ठान समय समयमा आवश्यक छ। धार्मिक अनुष्ठानबाट सामाजिक सद्भाव र शान्ति कायम हुन्छ । महावीर झण्डा महोत्सवले हामीलाई हाम्रो आध्यात्मिक इतिहासको सम्झना गराउँछ। सबै जातजाति र धर्मका मानिसहरू मिलेर महावीर झण्डा महोत्सव र मेला आयोजना गर्छन् जुन हाम्रो एकताको प्रतीक हो। झण्डा मेलामा झरी-झरी नाच सँगै मनोरञ्जनका लागि झूला, बजार आदिको पनि आयोजना गरिएको छ ।
झरी-झरी नाच मिथिला छेत्रको पौराणिक, धार्मिक र आस्था सँग जुरेको नृत्य हो। बासको झरी बनाई सामुहिक रुपमा नृत्य गर्ने गर्दछन्। नृत्य गर्दै बेलामा भगवान राम र माता सिताको पनि वर्णन गरि आफ्नो अराध्य महावीर भगवान हनुमानको भक्तिमा लिन हुन्छन्।

आयोजक समितिले उक्त कार्यक्रम प्रतेक वर्ष आयोजना गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *