Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

त्यस्तै मुख्यमन्त्री सिंहसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त भएका छन् ।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् ।

यसैगरी, एकीकृत समाजवादीकै बेंची लुंगेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!