Samajik Feed – News Portal from Nepal

२२ कार्तिक, जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने औपचारिक भ्रमणका लागि आज साँझ आइसल्याण्ड प्रस्थान गर्नुभएको छ ।राष्ट्रपति भण्डारी आगामी नोभेम्बर ८–१० मा आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरम–महिला नेताहरुको सम्मेलनमा सहभागी हुनुहुनेछ । महिला राजनीतिक नेताहरू (WPL), आइसल्याण्ड सरकार र आइसल्याण्डको संसदद्वारा।

राष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदाइ गरेका छन् । राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिले मञ्चमा मुख्य मन्तव्य पनि दिनेछन् ।राष्ट्रपतिसँगै राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्र सचिव भरतराज पौड्याललगायत अन्य अधिकारी पनि छन् ।राष्ट्रपति मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *