Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २२ गते

भारतको लोकसभा निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ। २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटका लागि सात चरणमा सम्पन्न भएको निर्वाचनमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ।

यस वर्षको लोकसभा निर्वाचन १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा सम्पन्न भएको थियो, जुन सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो। सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो भने सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो। २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो।

यसपटकको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार, र २ पूर्व क्रिकेटर चुनावी मैदानमा छन्।

चुनावपछि सार्वजनिक भएका एक्जिट पोलहरू अनुसार सत्तारूढ नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सिटसम्म जित्न सक्ने आकलन गरिएको छ। यद्यपि, विपक्षी इण्डिया गठबन्धनले आफूहरूको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबी गरेका छन्।

भारतको ५४३ सदस्यीय लोकसभामा कसको बहुमत हासिल हुने र देशको आगामी नेतृत्व कसले गर्ने भन्ने कुराको टुंगो आजको मतगणनाले लगाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!