२१ कार्तिक, जनकपुरधाम। धनकुटाको पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमूना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमूना मतदानमा भाग लिएका छन् । नमूना मतदान सहभागीले प्रदेश र प्रतिनिधिका प्रत्यक्षलाई र समानुपातिक गरि ४ वटा मतपत्रमा ४ पटक मतदान गरेका छन् । नमूना मतदानमा २१ पुरुष र १५ महिला गरि ३६ जनाले भाग लिएका छन् ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमूना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहमा पनि नमूना मतदान कार्यक्रम आयोजना गरिने छ ।