Skip to main content

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २१ गते

देशभर तापक्रम केही घटे पनि गर्मीको प्रभाव भने यथावत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पश्चिम तराईका भूभागहरुमा तापक्रम ४४ डिग्री सेल्सियसबाट ४० डिग्री सेल्सियसभन्दा कममा झरेको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार पहाडी भूभागहरूमा वर्षा र बदलीका कारण तापक्रम घटेको हो। आइतबार धनगढीमा अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस, नेपालगन्जमा ३९.२ डिग्री सेल्सियस, र भैरहवामा ३३.७ डिग्री सेल्सियस मापन भएको थियो।

मधेस प्रदेशमा पनि तापक्रम घटेको देखिएको छ। विभागको तथ्यांक अनुसार आइतबार विराटनगरमा अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियस, जनकपुरमा ३३.८ डिग्री सेल्सियस, र सिमरामा ३२ डिग्री सेल्सियस मापन भएको छ। घोराहीमा तापक्रम ३२.६ डिग्री सेल्सियस रहेको छ।

तर, मौसमविद् लामिछानेले सोमबार पश्चिम तराईमा तापक्रम पुनः केही बढ्न सक्ने संभावना रहेको बताए। बदली र पानी नपर्दा न्यूनतम तापक्रम अझै २८ डिग्री सेल्सियसको हाराहारीमा रहेकाले हुप्प हुने र अत्यधिक गर्मीको क्रम जारी रहने उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *