सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २१ गते
मिडिया टाइकुनको नामले चर्चित ९३ वर्षीय रुपर्ट मर्डोकले पाँचौं विवाह गरेका छन्। उनले ६७ वर्षीय एलेना झुकोभालाई आफ्नो जीवनसाथी बनाएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्। एलेना सेवानिवृत्त आणविक जीववैज्ञानिक हुन्, र उनको यो तेस्रो विवाह हो।
गत वर्ष मात्र मर्डोकले आफ्नो चौथी पत्नी, मोडल जेरी हलसँगको छ वर्ष लामो विवाह अन्त्य गरेका थिए। त्यसपछि एलेनासँगको सम्बन्धको चर्चा चलेपछि उनले चौथी पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए।
मर्डोकले १९३१ मा अष्ट्रेलियाको मेलबर्नमा जन्म लिएर लामो समयदेखि मिडिया व्यवसायमा सक्रिय छन्। उनका फक्स न्यूज, न्युज क्रप, स्काई न्यूज अस्ट्रेलिया, द वाल स्ट्रिट जनरल, द सन्, द टाइम्स, द डेली टेलिग्राफ हेराल्ड सन, द अस्ट्रेलियन, न्यूयोर्क पोस्ट लगायतका मिडिया कम्पनीहरु सञ्चालनमा रहेका छन्। उनले गत वर्ष मात्र न्यूज क्रपको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
उनको पहिलो विवाह १९५६ मा एयर होस्टेस प्याट्रिसिया बुकरसँग भएको थियो, जसबाट उनको जेठो छोरा प्रुडेन्स छन्। दोस्रो विवाह १९६७ मा डेली मिरर रिपोर्टर अन्ना टोर्भसँग भयो, जसबाट तीन छोराछोरी भएका थिए। यो विवाह १९९९ मा समाप्त भयो। मर्डोकले टोर्भबाट अलग भएको तीन हप्ताभित्रै २९ वर्षीय वेन्डी डेङसँग विवाह गरे, जसबाट दुई सन्तान छन्। यो जोडी सन् २०१३ मा अलग भएको थियो।
गत वर्षदेखि एलेनासँग डेटिङ गरिरहेका मर्डोक र झुकोवाको सम्बन्ध अहिले विवाहमा परिणत भएको छ।