Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २० जेठ । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारुढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले सांसद् अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार सियामको पक्राउपछि सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल सुरु गरको छ ।

भारत उपचार गर्न पुगेका बङ्गलादेशको सत्तारुढ पार्टीका सांसद् अनवारुल मे १३ देखि सम्पर्कविहीन भएका थिए। पछि उनी कोलकातामा मृत फेला परेका थिए । उनको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो ।

उनको हत्यालाई सुन तस्करीसँग समेत जोडेर हेरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!