सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १८ गते
बिहीबार दिउँसो भएको दुर्घटनामा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ। दुर्घटनामा अटो चालक घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र ३१ वर्षीय सागर केसी रहेका छन्। मोटरसाइकल सवार यी दुईको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित नर्सिङ कलेजमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार, केसीको राति ९ बजेतिर र भण्डारीको राति पौने ११ बजेतिर निधन भएको हो।
दुर्घटनामा अटो चालक शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रूद्रबहादुर थापा पनि घाइते भएका छन्। डिएसपी पोखरेलले जानकारी दिए अनुसार, उनको छाती र टाउकामा चोट लागेको छ र बाँकेमा उपचार जारी छ।
यो दुर्घटना तुलसीपुर–२ कुमलगडीमा दिउँसो करिब ४ बजेतिर भएको हो। रा ७ प २५० नम्बरको मोटरसाइकल पश्चिततर्फ जाँदै गर्दा र विपरीत दिशाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए। प्रहरीले दुवै सवारी साधन तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाएको छ।