Skip to main content

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १५ गते

पर्वतमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जलजला गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री, र म्याग्दी बेनी नगरपालिका-४ का ३६ वर्षीय कुशल मल्ल रहेका छन्।

उनीहरूलाई सोमबार दिउँसो प्रहरी चौकी मिलनचोकबाट खटिएको टोलीले पक्राउ गरेको हो। युवतीको उजुरीको आधारमा पक्राउ गरिएका यी व्यक्तिहरूविरुद्ध सामूहिक बलात्कारको आरोप लगाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *