सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १५ गते
मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह जुलाईमा हुँदै छ। दोस्रो प्रि(विवाह समारोह मे २८ देखि ३० सम्म इटाली र फ्रान्सको समुद्रमा क्रूज ुसेलिब्रेटी एसेन्टु मा आयोजना हुनेछ। यसअघि पहिलो प्रि(विवाह समारोह मार्च १ देखि ३ सम्म गुजरातको जामनगरमा भएको थियो, जसमा १२५० करोड भारु खर्च भएको थियो।
दोस्रो समारोहमा ८०० पाहुनाहरु हुनेछन, जसमा ३ सय भिभिआईपी हुनेछन्। यो समारोहको व्यवस्थापन युरोपेली टुर अपरेटर कम्पनी आलोस्ची ब्रदर्सले गर्नेछ। पालेर्मो, इटालीबाट यात्रा सुरु गरेर क्रूज दक्षिणी फ्रान्सको पोर्टोफिनोमा पुग्नेछ, जहाँ पाहुनाहरुलाई शाही खाजाको व्यवस्था गरिएको छ।
अनन्त र राधिकाको विवाह जुलाई १० देखि १२ सम्म मुम्बईमा हुनेछ। विवाह समारोह अम्बानी हाउस एन्टिलियामा हुनेछ र जुलाई १२ मा जियो वर्ल्ड सेन्टरमा विवाह हुनेछ। विशेष पाहुनाहरुलाई करीमनगरको चाँदीका कलाकृतिहरू उपहार दिइनेछ।