Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

भारत । नयाँ दिल्लीस्थित बाल अस्पतालमा आगलागी हुँदा ७ नवजात शिशुको मृत्यु भएको छ । बीबीसी भारतका अनुसार पूर्वी दिल्लीको विवेक विहार क्षेत्रस्थित बाल अस्पतालमा शनिबार राति साढे ११ बजे आगो सल्केको थियो ।

१२ शिशुलाई उद्धार गरिए पनि ७ जनालाई बचाउन नसकिएको उद्धारकर्मीले बताएका छन् । अन्य ५ शिशुलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको छ ।

आगो लाग्नुका कारण अहिलेसम्म पत्ता नलागेको अग्नि नियन्त्रण अधिकारीलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् । आगोले अस्पताल छेउछाउका भवनहरूमा समेत क्षति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!