Skip to main content

समाजिक फीड,
जनकपुरधाम , जेठ ११ गते ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् ।

बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरको लोकन्थलीस्थित एक घरमा ५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

पोखरेल मृत फेला परेको प्रहरी वृत्त ठिमीका डिएसपी प्रेमसागर केसीले बताए। पोखरेल झुण्डिएको अवस्थामा फेला परेको उनले बताए।

उनी सिनियर डिभिजनल इन्जिनियर रहेको उनको भनाइ छ। पछिल्लो समय उनी वन तथा वातावरण मन्त्रालय अन्तर्गत कार्यरत थिए।

विशेष अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने फैसला गरेको थियो । विशेष अदालतले जेठ ८ मा सो फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारिबाबु श्रेष्ठले सो फैसला गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *