Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,
काठमाडौँ, ११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पूरा भएपछि उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि अदालतले दिएको तीन दिनको म्याद आज सकिएको छ । शुक्रबार दोस्रोपटक म्याद लिइनेछ । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले मङ्गलबार काठमाडौँबाट पक्राउ गरेर सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, रमण कर्ण, अधिवक्ताहरू दीपेन्द्र झा, सिताराम भट्टराई र गोविन्द बन्दी जनकपुरधाममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!