Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , जेष्ठ १० गते ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेका छन ।

पार्टीका नेता कार्यकर्ता सहित धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई उनले भेटेका हुन । संचारकर्मीसँग कुराकानी गर्दै नेता निधिले सिरोहियालाई तत्काल रिहा गर्न माग गरेका छन ।

लोकतान्त्रिक आन्दोलन सँगै मिडियामा समेत उनको ठूलो योगदान रहेकाले उनको साथमा कांग्रेस सहित सम्पुर्ण लोकतन्त्रवादीहरु रहेको उनको भनाई थियो ।

निधिले सिरोहिया जनकपुरका ‘बोनाफाइड’ नेपाली नागरिक रहेको दाबी गरे । उनले भने, ‘सिरोहियाको घर मेरो घरकै सामुन्ने घर छ ।

प्रतिशोधपूर्ण तरिकाले सरकार गिरफ्तार गरेको छ । अनावश्यक दुःख दिएको देखिन्छ ।’
कानुनी व्यवस्था र प्रक्रियाको त्रुटिले सिरोहियाको नागरिकता रेकर्ड फरक फरक भएको निधिको तर्क थियो ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा सिरोहिया मंगलबार पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!