Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १० गते ।

आज देखि भारतसँग जोडिएको महोत्तरी सीमानाका ३ दिनको लागि बन्द भएको छ ।

भारतको विहार राज्यको शिवहरमा शनिबार हुने लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सीमानाका बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलीले जानकारी दिए ।

शिवहरमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल-भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा भएको निर्णय समेतको आधारमा महोत्तरीसँग जोडिएको भारतको विहार राज्यको सितामढी जिल्लाको सीमा नाका निर्वाचन हुनु भन्दा ७२ घण्टा अगाबै बुधबार राती १२ बजेदेखी सीमानाका बन्द भएको हो ।

शनिबार राति १२ बजेदेखि पुन सीमानाका खुल्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!