सामाजिक फीड
जनकपुरधाम , जेष्ठ १० गते ।
धनुषामा क्रसर उद्योगमा काम गरिरहेका एक युवकको शव फेला परेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो । फित्तामा टाउको फसेको अवस्थामा बुधवार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा यादव मृत भेटिएका हुन ।
त्यहीँ काम गरिरहेका बाराक निजगढ घर भएका ४५ वर्षीय खेमकुमार मगर घाइते रहेको उनले बताए । मगरको अवस्था समान्य रहेकोे र गोदारस्थित निजी अस्पतालमा उनको उपचार भइरहेको डिएसपी अवाको भनाई छ ।
मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।