सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १० गते ।
सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानी स्थित बस बिसौनीबाट पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
उनको साथबाट प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।