सामाजिक फीड
जनकपुरधाम, जेष्ठ ९ गते ।
भारतबाट गैरकानूनी तरिकाले नेपाल भित्र्याउन खोजिएको माछा सर्लाही प्रहरीले नियन्त्रणमा लिएर खाडोमा पुरेको छ ।
भारतको सिमावर्ती बलरा नगरपालिका-१ सेढवामा इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँढे २ क्वीण्टल माछा नियन्त्रणमा लिई खाडलमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले बताएका छ ।
चेकजाँच गर्ने क्रममा २ वटा मोटरसाईकल पछाडी बोरामा राखेर भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा माछा बरामद् भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चेकजाँच टोलीलाई देख्ने बितिकै बोराहरु फालेर मोटरसाईकल सहित चालकहरु भने भागेका छन् ।