Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ ९ गते ।

मधेस प्रदेशका जिल्लाहरुमा दिनदहाडै हुने लुटपाटको घटनामा वृद्धि भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १५ वटा डाँका तथा चोरीको घटना दर्ता भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुबास चन्द्र बोहराका अनुसार लुटपाटका घटनाहरु छुट्टै दर्ता नभई चोरी र डाँका तथा चोरी शिर्षकलगायतमा मुद्दा दर्ता हुने गरेको बताए ।

चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्तसम्ममा कुल १५ वटा डाँका तथा चोरीको घटना दर्ता भएकोमा महोत्तरीमा सबैभन्दा बढी ६ वटा घटना दर्ता भएको प्रवक्ता बोहराले जानकारी दिए । यस्तै, बारा र सप्तरीमा ३÷३, रौतहटमा २ र पर्सामा १ वटा घटना दर्ता भएको छ ।

यस्तै, यो अवधिमा मधेस प्रदेशमा ४२९ वटा चोरीको मुद्दा दर्ता भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेस प्रदेश प्रहरीको तथ्यांक अनुसार बारामा सबैभन्दा बढी ७९ वटा चोरीको मुद्दा दर्ता भएको छ भने, पर्सामा ६९, सर्लाहीमा ५४, धनुषामा ५४, सप्तरीमा ५२, रौतहटमा ४८, सिरहामा ४५ र महोत्तरीमा २८ वटा चोरीको मुद्दा दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!