सामाजिक फीड
जनकपुरधाम, जेष्ठ ९ गते ।
पर्सा प्रहरीले १ करोडभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।
वीरगन्जको विभिन्न ठाउँमा चलाएको विशेष जाँचमा प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो ।
वीरगन्जको विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका खाद्यान्न, औषधी, खुद्रा तथा हार्डवेयर लगायतका सामान बरामद गरेको जनाएको छ ।
१ करोड ३९ लाख १३ हजार ४४२ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद भएको प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए ।
उनका अनुसार सामानसहित २ वटा ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको टोलीले महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट प्रदेश २–०३–००१ ख ६९८६ र ना।७ ख १६५४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
यी दुवै ट्रकमा रहेका कपडा, औषधी तथा खुद्रा सामानहरूको बिल शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको डीएसपी थापाले बताएको छ ।
यता वीरगन्ज– १६ ईदगाह चोकबाट १ लाख ५४ हजार ६०० मूल्यका कालो सखड, काउली बदाम र ईनो लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।
बरामद सामानसहित २ वटै ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।