सामाजिक फीड,
रौतहट, ८ जेठ । प्रहरीले संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गौर नगरपालिका-१ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट गौर नगरपालिका-५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई पक्राउ गरेको हो ।
मिश्रसमेत गौर नगरपालिका-३ बस्ने २७ वर्षीय रोहित कुमार जैसवाललाई २०७८ पुस २० गते साँझ फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरी शवलाई बोरामा हाली नन्दवारा पुल मुनि फालेको घटनाको आरोपी हुन् ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत रौतहटमा पठाइएकोमा अदालतको आदेशले पुर्पक्षका लागि गौर कारागारमा पठाइएको छ ।