Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ ८ गते ।

पर्साका शाखा अधिकृतलाई गोली हानी हत्या गरेर फरार रहेका प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रेम गिरीमाथि हत्या, डकैती लगायतका जघन्य प्रकृतिका आधा दर्जन मुद्दा रहेका छन ।

उनलाई उनकै गाउ सखुवाप्रसौनी गाउँपालिका–५ बलुवास्थित घरबाट पक्राउ गरेको हो । उनको उमेर ७२ वर्ष हो ।

गिरी जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृतमोहन प्रसाद मैनालीलाई २०६५ असोज २२ गते गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा मुख्य आरोपि हुन् ।

त्यस्तै उनीे नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधहरूमा संलग्न रहेको प्रहरीले जनाएको छ ।उनलाई प्रहरीले लामो समय देखी प्रहरीले खो जी रहेका थिए ।

गिरी २०५७ भदौ १२ गते तत्कालिन पर्सा विन्दवासिनी गाविस वडा नं।४ का ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी यादवको मृत्यु भएको खुन डाका मुद्दामा पनि फरार थिए ।

२०६६ फागुन १९ को जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा पनि उनी फरार रहेका थिए । त्यसै गीरी २०६० पुस २५ गते जिल्ला प्रशासन कार्यालयको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेका थिए ।

२०६० असार ३ गतेको पूनरावेदन अदालत हेटौडाको फैसलानुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेका थिए र २०५६ जेठ ४ को जिल्ला प्रशासन कार्यालयको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!