सामाजिक फीड
जनकपुरधाम, जेष्ठ ६ गते ।
साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दा माथी पुगेको छ । गत बिहीबारको तुलनामा नेप्से २.२६ प्रतिशतले बढी हो ।
साढे ४५ अंकले बढ्यो नेप्से, पछिल्ला केही दिनयता उच्च दरले बढ्न नसकिरहेको नेप्से आईतबार करिब साढे ४५ अंकले बढेको हो ।
यद्यपी कारोबार समयको अन्तिमतिर नेप्सेको कारोबार प्रणाली ९वेवसाईट०मा समस्या आएकाले लगानीकर्ताले कारोबारको सम्पूर्ण विवरण सजिलै हेर्न पाएका छैनन् ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । जसअनुसार आइतबार करिब ५ अर्ब २५ करोड रुपैयाा बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।