Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ ६ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै पैशा अशुली गर्दै हिँडेको आरोपमा प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ४ का ४० वर्षीय रामधनी यादव छन् । गोलबजार नगरपालिका ३ स्थित आधारधुत विद्यालय जरुवाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान, आयोगको कर्मचारी भन्दै सिरहाका विद्यालयहरूमा बार्गेनिङ गर्दै उनले हिँडेका थिए ।

अख्तियारको कर्मचारी भन्दै विद्यालयमा गएर कागजपत्र माग्ने काम उनले गरिरहेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!