समाजिक फीड,
जनकपुरधाम , जेठ ३ गते ।
बिहीबार बिहान अर्नमा गाउँपालिका वडा नम्बर २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको हत्या भएको प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए।
उनीहरूबीच धेरै पहिलेदेखि जग्गा सम्बन्धी विवाद रहेछ। उनी र स्थानीय बचाई महतोबीच खेतको सीमा सम्बन्धी लामो सयमदेखि विवाद थियो। बुधराम खरको भाग लगाउन केही मान्छेसहित ट्याक्टर लिएर खेतमा पुगेका थिए। दुबै जनाबीच विवाद भयो र बचाईले कादोलो प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
घटनापछि बचाई महतो फरार छन्। उनको खोजी भइरहेको एसपी पण्डितले बताए।