Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , जेठ १ गते ।

सोमबार वीरगन्ज महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयमा पुगेर मेयर राजेशमान सिंहले उक्त कार्यक्रमको सुरुवात गरेका हुन्।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए ।

“यो कार्यक्रमले सामुदायिक विद्यालय र विद्यार्थीको समस्याको पहिचान गर्न सघाउनेछ’’, उहाँले भन्नुभयो, ‘‘कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अगाडी बढाइनेछ ।’’ नगरप्रमुख सिंहले आफ्ना अग्रजहरुको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कुनै खालको कमी नगर्न विद्यार्थीलाई अनुरोध गर्नुभएको छ ।

यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गरे । विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन उनले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिन लागेका हुन् ।

मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध मा.वि.का प्रधानाध्यापक नविन मिश्रले बताए । कक्षामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!