Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , जेठ १ गते ।

बिहारका पूर्व उपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।उनी ७२ वर्षका थिए र केही समयदेखि क्यान्सरसँग लडिरहेका थिए।

लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफ्नो बिरामी भएको जानकारी सार्वजनिक गरेका थिए ।

उनले नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राति करिब ९:४५ बजे अन्तिम सास लिए, अस्पताल स्रोतले जनाएको छ।उनको मंगलबार पटनामा दाहसंस्कार गरिने पार्टी स्रोतले जनाएको छ ।

सुशील कुमार मोदीको निधनमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव, तेजस्वी यादवलगायतका नेताहरूले गहिरो शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘पार्टीमा मेरा अमूल्य सहकर्मी र दशकौंदेखि मेरा साथी सुशील मोदी जीको असामयिक निधनबाट अत्यन्तै दुखी छु।

आरजेडी नेता तेजस्वी यादवले पनि मोदीको मृत्युको नयाँ खबर सुनेर आफू निकै दुखी भएको बताए।उनले मोदीलाई “हाम्रो अभिभावक, संघर्षशील र मेहनती नेता” भनेर वर्णन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!