१७ कार्तिक, जनकपुरधाम। मधेश प्रदेश स्थित महोत्तरी जिल्ला प्रहरी कार्यालयद्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङगिक हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ। सो कार्यक्रममा सामुदायिक भवनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्र.स.नि. संजित कुमार साहको कमाण्डमा खटिएको २ जना प्रहरी टोलीले स्थानिय १० जना पुरुष र २ जना महिला गरी जम्मा १२ जना मानिसहरुलाई सहभागी गराईएको थियो।
