समाजिक फीड,
जनकपुरधाम , वैशाख ३१ गते ।
भारतमा संसद्को तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान हुँदै छ ।
आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ । आज हुने मतदानमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर युसुफ पठान, अभिनेता तथा नेता शत्रुघ्न सिन्हासहित कुल १७१७ उम्मेदवार मैदानमा रहेका छन् ।
यस चरणमा, कुल १७.७० करोड मतदाताहरूले १९ लाख भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्दैछन्, जसमध्ये ८.९७ करोड मतदाता पुरुष र ८.७३ करोड महिला मतदाता छन्।
निर्वाचन हुने राज्यमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू र कश्मीर रहेका छन् ।