Skip to main content

सामाजिक फीड,

भारत । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनविरुद्ध मुद्दा दर्ता भएको छ । उनीविरुद्ध आन्ध्र प्रदेश प्रहरीले मुद्दा दर्ता गरेको हो । आन्ध्र प्रदेशमा लोकसभा चुनावसँगै विधानसभा चुनाव हुँदैछ। नांघाल सिटबाट अल्लु अर्जनका साथी शिल्पा रवि चन्द्र किशोर रेड्डीले उम्मेदवार दिएका छन्। चुनाव प्रचारको अन्तिम दिन अल्लु अर्जुन साथीलाई समर्थन गर्न पुगेका थिए।

तर उनको साथीको घरअगाडि अल्लु अर्जुनलाई हेर्न उनका फ्यानहरूको भिड लाग्यो। आन्ध्र प्रदेशमा चुनावी माहोलका कारण आचार संहिता लागू भएको छ। आचार संहिताविपरीत भिड लगाएपछि उनीविरूद्ध मुद्दा नै दर्ता गरिएको छ।

अल्लु अर्जुनको हालै फिल्म ‘पुष्पा २’ को पहिलो गीत सार्वजनिक भएको थियो। जसलाई दर्शकले रूचाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *