Samajik Feed – News Portal from Nepal

१७ कार्तिक, जनकपुरधाम। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयका संसदीय राज्य सचिव बारबेल कोफ्लरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री जनार्दन शर्मासँग काठमाडौंमा भेटवार्ता गरेको थियो । नेपाल र जर्मनीका प्राथमिकताका क्षेत्रका साथै सहयोगको निरन्तरता, विभिन्न मुद्दा, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

जर्मनीले नेपाललाई द्विपक्षीय सहयोग प्राप्त गर्ने मुलुकको सूचीमा पुनः समावेश गर्ने घोषणा गरेको छ ।अर्थमन्त्री शर्माले नेपालको आर्थिक विकासका प्रयास र लोकतान्त्रिक प्रक्रियाका साथै कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा जर्मनीले गरेको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । जर्मनीले लामो समयदेखि नेपालको दिगो आर्थिक विकास, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख ईश्वरी अर्यालले नवीकरण ऊर्जाका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा पनि छलफल भएको बताइन् । नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जका साथै भ्रमणमा रहेका जर्मन प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *