समाजिक फीड,
जनकपुरधाम , वैशाख २८ गते ।
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ।
न्यायाधीश सञ्जिव खन्ना र दिपान्कर दत्तको इजलासले उक्त आदेश दिएका हुन्।
आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुनस् उपस्थित हुनुपर्ने छ।
उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।
अहिले भारतमा जारी लोक सभा निर्वाचनका लागि उनलाई छाड्न आदेश दिएको हो।
सर्वोच्चको आदेश अनुसार चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनले आत्मसमर्पण गर्नुपर्ने हुन्छ।