Skip to main content

सामाजिक फीड,

सल्यान, २८ वैशाख । सल्यानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ट्रक चालक पक्राउ परेका छन्। सल्यानको वनगाउँड कुपिन्डे नगरपालिका–९ का २८ वर्षीय ट्रक चालक वीरबहादुर डाँगी पक्राउ परेका हुन्।

वैशाख २६ गते पक्राउ परेका डाँगीमाथि कक्षा–९ मा अध्ययनरत १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोप छ । उनले वैशाख १० गते राति ११ बजे सामान ल्याइदिएको छु भन्दै ललाइफकाइ जंगलमा पुर्‍याइ बलात्कार गरेको ब्यहोरा इलाका प्रहरी कार्यालय लुहाममा पीडितले किटानी जाहेरी दिएकी छन्।

प्रहरीका अनुसार पीडित बालिकाका बुवाआमा दुबै जना रोजगारीका लागि विदेशमा छन्। त्रिवेणी गाउँपालिकाकी ती बालिकालाई ट्रक चालकले आउजाउ गर्ने क्रममा चिनजान भएको र सोही आधारमा भान्जी भन्ने गर्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *