Skip to main content

सामाजिक फीड
जनकपुरधाम, बैशाख २८ गते ।

बाराको जितपुर सिमरा उप-महानगरपालिकाका वडाध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन ।

सेवाग्राहीसँग घुस लिँदैगर्दा रंगेहात जितपुर सिमरा उपमहानगरपालिका( ३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन ।

बिहीबार कार्कीलाई विशेष अदालतले दोषि ठहर गरेको हो।

२०८० पुष २ गते हेटौंडास्थित अख्तियार टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका(३ का वडाध्यक्ष कार्कीलाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको थियो।

उनीविरुद्ध विशेष अदालतमा अख्तियारले २०८० साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो। ०७९ सालको स्थानीय तहको निर्वाचनमा कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *