Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , बैशाख २८ गते ।

मधेश प्रदेशमा पछिल्लो समय चोरी र डाँका घट्नामा वृद्धि भएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार २०८० साउनदेखि चैतसम्ममा १४ वटा डाँकाचोरीको घटना भएका छन् ।

२०७९–०८० मा तराईमा २६ वटा डाँकाचोरीका घटना भएका थिए । २०८० साउनयता ९ महिनामा १४ वटा डाँकाचोरी भएको भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले दिएको तथ्यांकमा उल्लेख छ ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–२ स्थितबाट लुटेरा समुहले सहकारी कर्मचारीको साथबाट ८० लाख लुटपाट गरेर फरार भएका थिए ।

हिमालयन बैंकबाट रकम निकालेर रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीतर्फ लैजाँदै गर्दा ३ जना अपरिचितले रकम लुटेर भागेका थिए ।

यसबारे केही शङ्कास्पदलाई सोधपुछका लागी प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरि वैशाख १७ गते । वीरगन्जस्थित नबिल बैंकबाट ग्यास वेल्डिङ गर्ने मेशिनले टिनको बाकस र दराज काटेर अज्ञात समुहले १ करोड ३४ लाख चोरी गरेका थिए । चोरीमा संलग्न मध्ये ६ जना पक्राउ परिसकेका छन् ।

पछिल्लो ३ आर्थिक वर्षमा मधेशमा १ हजार ७१९ वटा चोरीका घटना भएको हो । आर्थिक वर्ष २०७८–०७९ मा ६४७ वटा चोरीका घटना भएका छन् ।

२०७९–०८०मा ६७८ र चालु आर्थिक वर्षमा ३९४ वटा चोरीका घटना भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!