सामाजिक फीड-
जनकपुरधाम, वैशाख २७ गते ।
सप्तरीमा सप्तकोशी नगरपालिक–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ ।
सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा ५५ वर्षीय पर्शुराम फुँयालको बुधबार राति ३ बजेर १८ मिनेटमा हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
एनका अनुसार सिसीटिभी फुटेजमा एकजना व्यक्ति बैंक लुट्ने उद्देश्यले खुकुरीसहित भित्र पसेर सुरक्षा गार्डको हत्या गरी बैंक लुट्ने प्रयास गरेको देखिएको छ । हत्या गर्ने व्याक्तिले बैंकमा लकर तथा काउन्टर तोडफोड गरेर पैसा लुट्ने प्रयास गरेपनि सफल नहुँदा भागको देखिएको डिएसपी न्यौपानेले बताए ।
घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।