सामाजिक फीड-
जनकपुरधाम, वैशाख २७ गते ।
धनुषामा घाँस लिन गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो रहेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो घाँस लिन निस्केका अमरेशको शव आज बिहान स्थानीय पदम लामाको खेतमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उत्तरी भेगमा निलगाइको आतंक छ ।
निलगाइबाट परबल बाली जोगाउन खेतमा लगाइएको बारमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर अमरेशको मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भगवानले उहाँको परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु।