सामाजिक फीड-
जनकपुरधाम, वैशाख २६ गते ।
धनुषा बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार पोसार गर्न नयाँ नियम अपनाउनु पर्ने भएको छ । अब बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार्न सुरक्षाकर्मी र बैंक गार्डका साथै चार पाङ्ग्रे गाडी र बाकसमा ताल्चा लगाएर ल्याउनुपर्ने नियम लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग गरेको अन्तरक्रिया कार्यक्रममा चार पाङ्ग्रे गाडीमा सुरक्षाकर्मी र बैंकको सुरक्षागार्ड ल्याएरमात्र ओसार पोसार गर्न पाउनुपर्ने अनिवार्य गरेको हो।
जिल्लामा गत सोमबार हतियारधारीले सहकारीको ८० लाख लुटेर फरार भएपछि यस्तो नियम लगाएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट वितरण गरिएको ‘सेफ्टी एण्ड सेक्युरीटी प्रोटोक्लस फर बैंक एण्ड फाइनान्सीयल इन्सटिच्युशन’ अनुसारको सुरक्षा मापदण्ड प्रत्येक बैंक तथा वित्तीय संस्थाहरूले क्रमशः पूरा गर्दै जानेलगायतको निर्णय भएको हो ।
प्रहरी प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार
प्रत्येक बैंक तथा वित्तीय संस्थाले एक्सेस कन्ट्रोल सीसी क्यामेराको अनिवार्यरूपले व्यवस्था गर्नुपर्ने, स्थानीय सुरक्षाकर्मीले सुरक्षा अवलम्बनका लागि तोकिएका कमी कमजोरी प्रत्येक बैंक तथा वित्तीय संस्थाले सुधार गर्नुपर्ने, सुरक्षा सम्बन्धमा समन्वय गर्नुपर्ने निर्णय भएको हो ।
बैठकले नेपाल प्रहरी, सशत्र प्रहरी र राष्ट्र बैंक समेतको ३ सदस्यीय अनुगमन टोलीले सम्पूर्ण बैंक, वित्तीय संस्थाको अनुगमन गरी प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ।
गत सोमबार जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गाशिवपुर थुमौना पोखरीबाट हतियार सहित आएका तीन जनाले शुभश्री ऋण तथा सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रूपैयाँ हतियारधारीले लुटेको थियो ।