सामाजिक फीड
जनकपुर, बैशाख, २६ गते ।
पर्सास्थित नेपाल भारत सीमामा रहेको मितेरी पुलबाट एक नेपाली युवक हतियार सहित पक्राउ परेका छन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक नवलपरासी गैंडाकोट निवासी २५ वर्षीय मनोज महर्जनलाई हतियार सहित पक्राउ गरेको हो ।
एसएसबीका अनुसार महर्जन दुई थान पेस्तोल र दुई थान म्यागजीनका साथ पक्राउ परेका हुन ।
उनीसँगै रहेका नवलपरासीकै विवेक मल्ल ठकुरी भने फरार भएको एसएसबीले जनाएको छ ।
मेड इन युएस र मेड इन जर्मनी लेखिएका दुईवटा पेस्ताले मध्ये एउटामा म्यागजिन लोड रहेको एसएसबीले जनाएको छ ।
दुईजना अपराधिक गतिविधीमा संलग्न व्यक्ति भारत प्रवेश गरेको विशेष सूचनाको आधारमा एसएसबीले जाँच गर्दा दुवै जना डंकन रोडतर्फ भागेका थिए ।
भाग्ने क्रममा उनीहरूले पेस्तोल र म्यागजिन झाडीमा फालेका थिए । महर्जनलाई पक्राउ गरिएपनि ठकुरी भाग्न सफल भएका एसएसबीले जनाएको छ ।
उनीहरु हत्या, लुटपाट वा कुन प्रयोजनका लागि हतियारसहित भारत प्रवेश गरेको विषय हालसम्म यकिन नभएको इन्सपेक्टर राजीव नन्दन सिन्हाले बताए । नेपाल प्रहरीसँग समन्वय गरि थप अनुसन्धान भइरहेको अगाडि बढाइएको उनको भनाई छ ।