Samajik Feed – Nepali News Portal

सामाजिक फीड
जनकपुरधाम , बैशाख २६ गते ।

रौतहटमा आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने राजदेवी नगरपालिका ९ ब्रहम्पुरी टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएकोमा स्थानीय र प्रहरी टोलीले तत्कालै आगो निभाएको थियो ।

आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठुलो जनधनको क्षति हुन सक्ने प्रबल सम्भावना देखा परेको हुँदा आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “आपराधिक उपद्रो” शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!