Samajik Feed – Nepali News Portal

सामाजिक फीड

जनकपुरधाम , बैशाख २५ गते ।

महोत्तरीको बर्दिबासमा बसेको नेकपा माओवादी केन्द्रको प्रदेशको बैठक करिब दुई दर्जन केन्द्रिय सदस्य र वैकल्पिक सदस्यहरुले बहिस्कार गरेका छन् ।

अगामी भदौमा हुने प्रदेश सम्मेलनको तयारीका लागि बसेको बैठक प्रदेश इन्चार्ज लिलामणि पोखरेलको कार्यशैलीको विरोध गर्दै असन्तुष्ट नेताहरुले बहिस्कार गरेका हुन् ।

महोत्तरीको बर्दिबासस्थि पञ्चधुरा पार्टी प्यालेसमा बसेको केन्द्रिय सदस्य एवं वैकल्पिक सदस्यहरु र सल्लाहकार तथा आयोग सदस्यहरुको बैठक बहुमत सदस्यले बहिस्कार गरेको नेता जगत यादवले बताए ।

प्रदेश इन्चार्ज पोखरेलले कार्यविभाजनमा एकलौटी गरी निरंकुशता लाद्न खोजेकाले आफुहरुले बैठक बहिस्कार गरेको केन्द्रिय सदस्य यादवले बताए ।

उनका अनुसार गत चैत १८ गते प्रधानमन्त्री निवास वालुवाटारमा मधेश प्रदेशका केन्द्रिय सदस्य, वैकल्पिक केन्द्रिय सदस्य, सल्लाहाकार र आयोगका सदस्यहरुको बैठक बसेको थियो । बैठक समापनको बेला प्रदेश इन्चार्ज पोखरेलले १५ वटा लीखीत एजेण्डा वितरण गर्दै आगामी २९ गते प्रदेशको बैठक बस्ने सुचना सुनाएका थिए ।

तर चैत २९ गते अचानक प्रदेशको बैठक नहुने र उक्त बैठक वैबाख ३ गते बस्ने भन्दै सुचना जारी गरियो ।
तर बैठक बसेर छलफल गर्नुअघि नै चैत ३० गतेकै मितिमा इन्चार्ज पोखरेलले एकलौटी रुपमा कार्यविभाजन गरेको यादवले बताए ।

‘हामीलाई दिएको एजेण्डामा बैठकै नगरी, छलफलै नगरी इन्चार्जले आफु अनुकुलका मान्छेहरुलाई जिम्मेवारी दिनुभयो । यो निरंकुशता हो । कार्यविभाजन गरिएको भनी आएको परिपत्र फिर्ता हुनुपर्छ नत्र हामी मान्दैनौ,’ यादवले भने, ‘हामी बहुमत सदस्यहरु कार्यविभाजनको विरोध गरी आजको बैठक बहिस्कार गरेका छौँ ।

निर्णय सच्चयाइएन भने हामी आफ्नो ढंगबाट हिँड्छौँ । जबर्जस्ती गर्न खोज्यो भने कुनै जिल्लामा बैठक हुन दिदैनौँ । यहीँ प्रवृतिले मधेशमा पार्टी हराउँदै गएको छ ।

कार्यविभाजन सच्चाउन माग गर्दै गत वैशाख १७ गते १० जना केन्द्रि सदस्य तथा वैकलल्पिक केन्द्रिय सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र समेत लेखेका थिए । तर उक्त पत्रको कुनै जवाफ नआएको नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!