सामाजिक फीड,
बैशाख १९ रौतहट । राैतहटस्थित लाल वकैया नदीलगायत स-साना खाेला नाला सुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन् ।
करिब दुई महिना आगाडिदेखि लाल बकैया नदी सुकेका छन् । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेको थिय । त्यसपछि लागातार तापक्रम दैनिक बढोतरी हुँदै आएको छ । हिजो ( मंगलबार ) राैतहटकोअधिकतम् तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।
तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले सामान्य मानिसको जनजीवनलगायत सबै सजिव प्राणी- बोट विरुवाको साथै बाली नालीमा समेत असर परेको छ । यसैबीच पानी खान नपाएर जिल्लाका देवाही गाेनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चाैपाया घाेड गदहा मृत अवस्था फेला परेकाे छ । प्राकृतिक खाेला नदी सुकि सकेका कारण जंगली जनावर छाडा पशुपन्छी पानी खान नपाएर मर्न थालेको स्थानीयले बताए । लाल बकैया नदीको दायाँ बायाँ करिब ५ /५ किलो मिटर दुबैतर्फ दूरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चाैपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।
पानीको समस्या मधेशमै बढ्दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसाे हैण्डपाइप सुक्ने र मानिसलाई पानी खानसमेत समस्या हुने बताए । चाैपाया तथा जंगली जनावर चराचुरुङ्गीलाई आफूले स्थानीय स्तरबाट जन श्रमदान गरी सुकि सकेको लाल वकैया नदीमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्वनगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।