सामाजिक फीड-
जनकपुरधाम, वैशाख १८ गते ।
धनुषामा सोमबार बिहान मृत फेला परेका युवकको पहिचान खुलेको छ । मृतक युवक भारतको विहार मधुवनी जिल्लाको बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेका प्रहरीले जनाएको छ ।
सोमबार बिहान धनुषाको नगराइन नगरपालिका २ जटही स्थित आँपको बगैंचामा उनको वेवारिशे शव फेला परेको थियो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार हिजो साँझ मृतकको पहिचान भएको हो ।
अत्यधिक मदिरा सेवनको कारण उनको मृत्यु हुन सक्ने प्रहरीको आशंका छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।