सामाजिक फीड-
जनकपुरधाम, वैशाख १७ गते ।
धनुषाबाट ब्रोइलर कुखुरासहित पिकअप बरामद भएको छ । आज साँझ
साढे ६ बजेको समयमा जनकपुर उप–महानगरपालिका ४ स्थित सडक खण्डमा दक्षिण भारतबाट नेपाल तर्फ भन्सार छली आउँदै गरेको ज. १ च. ८७४ नम्बरको पिकअप बरामद गरेको हो ।
अन्दाजी ४६८ किलोग्राम ब्रोइलर कुखुरकासहित पिकअप नियन्त्रणमा लिएको र चालक फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पिकअप र ब्रोइलर कुखुरा गरी ११ लाख १७ हजार २०० मूल्य राबरको रहेको र आवश्यक कार्वाहीको लागी पशु क्वारेन्टाईन जनकपुरमा पठाइएको जनाएको छ ।