Samajik Feed – News Portal from Nepal

१६ कार्तिक, जनकपुरधाम। अहिले देशभरिमा चुनावी माहोल चलि रहेको छ। राजनैतिक परम्परा, अभियास र अनुभवले एउटा कुरा स्पष्ट गर्छ कि पेच, परपंच, साम, दाम, दण्ड, भेद, सर्यन्त्र यी सबै चुनावी समयमा नेता र उनको कार्यकर्ताद्वारा प्रयोग गरिने गर्दछ। यो कुनै नयाँ र ठुलो कुरा पनि होइन्।


यो देशमा मोटर गुडाउनलाई समेत योग्यता चाहिन्छ तर राजनीति मात्र एउटा यस्तो पेशा बनेको छ कि जहाँ न् त् योग्यता नै खोजिन्छ न् त कुनै शैक्षिक प्रमाणपत्र। यस्तो जटिल राजनीति अवास्थामा राजनीति गर्न आए बेलायत बाट पढेलेखेको नेता दिपेन्द्र झा। दिपेन्द्र झा मधेश प्रदेशका पूर्व मुख्यन्याधिव्कता हुन्। मङ्सिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा वहाँ महोत्तरी क्षेत्र नम्बर ३ “क” बाट प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्छ।
जहाँ युवाहरु आफ्नो भविष्य र करियर बनाउन मेहनत गर्दैछन् त्यहाँ दिपेन्द्र झा जस्ता नेतृत्वकर्ता आफ्नो भएको वकालत पेशा पनि त्यागी राजनीति र जनताको सेवामा आफ्नो अमुल्य योगदान दिदैंछन्।

चुनावी समयमा हाम्रो सामाजिकफीडको टिम र मधेश प्रदेशका मुख्यन्यधिव्कता बीच भएको अन्तर्वार्ता यसप्रकार रहेको छ।

प्रश्न -१ ) बेलायत बाट पढेर वकालतको यति राम्रो करियर छोडी राजनीतिमा किन ?
उत्तर :– “The Secret of life is to become very very good at something that is very very hard to do अर्थात् ( जीवनको रहस्य भनेको केहि गर्न को लागी धेरै धेरै राम्रो बन्नु हो जुन गर्न धेरै गाह्रो छ )”। सबै भन्दा कठिन कार्य यदि जीवनमा गर्न मिल्यो भने त्यो कुरा गर्नु पर्छ र मैले साहशपूर्वक राजनीति गर्न रुचाए। वकालत मेरो लागि सहज थियो मैले गरे, तर जनता र समाजको बिकृति, कुरीति सुधार्न हामीलाई आफ्नो दायित्व बुझ्नु पर्छ र मलाई विश्वास छ कि म समाजमा केहि सकारात्मक परिवर्तन ल्याउन सक्छु।

प्रश्न -२ ) दिपेन्द्र झाको उम्मेदवारी प्रदेश सभाको लागि किन ?
उत्तर :– जनताले हरेक पल्ट गुनासो गर्छ कि पढेलेखेको मान्छेहरु राजनीतिमा आउदैन त्यहि भएर देशको अवस्था यस्तो छ। जनताले यसपाली पढेलेखेको प्रतिनिधि पाउने छ। मलाई विश्वास छ कि म बोलेर मात्र होइन आफ्नो कार्य गरेर जनताको हकअधिकारका लागि लडी रहने छु। जनतालाई पनि विश्वास छ कि म समाजमा केहि परिवर्तन ल्याउन सक्छु। अहिलेको नेताहरु उदेस्यविहिन छन्। म जनताको हरेक चाहनामा पुरा गर्ने सामर्थ रख्दछु। मैले प्रदेश सरकारको लागि काम गर्या छु, शिक्षित छु अन्य धेरै कारणहरु छ जसले जनताले मलाई वोट दिनैपर्छ। हुन त म प्रतिनिधि सभा सदस्यको लागि सक्षम थिए तर पार्टीले प्रदेशको टिकट दियो, ठिकै छ यसपालीको लागि अझै प्रदेश सरकारमै रहेर जनताको सेवा गरम्ला।

प्रश्न -३) पार्टी परिवर्तन गर्दा दिपेन्द्र झाले हतार गर्नु भयो, जसपा जातिवादमा बढी समर्थन र विश्वास राख्दछ र ब्राह्मण हुनुको कारण कहीं दिपेन्द्र पार्टी भित्र पछाडी नपरिहलोस् भन्ने प्रश्न जनताहरुको मनमा उम्रिरहेको छ।
उत्तर :– जनतालाई म विश्वास दिलाउन चाहन्छु कि म पछाडी पर्दिन पार्टीमा कहिंले , एउटा भनाइ छ ” सुर्यलाई कसैले हात देखाएर उसको किरणलाई रोक्न सक्दैन। जनता प्रति निस्वार्थ भावले काम गर्ने व्यक्तिलाई दुनियाको कुनै तकातले रोक्न सक्दैन चाहे त्यो व्यक्ति होस् या कुनै पार्टी होस्। मैले जाति र धर्मको राजनीति गर्दिन त्यहि भएर पार्टी र पार्टीको सोचले मेरो मनोबल घट्ने वाला छैन्।

प्रश्न -४) चुनावी तयारि कस्तो चलिरहेको छ।
उत्तर :– तयारी सबै भईसकेको छ। जनता मलाई मत दिन खुबै उत्साहित छ र जुन ठाउँको जनताले मलाई वोट दिन पाउँदैन् त्यहाँको जनताहरु हल्का निराश रहेको अवास्था छ।

चुनावी चर्चामा फेरी पनि हामीहरु हजुरहरुको माँझमा नयाँ व्यक्ति नयाँ प्रसंगको साथ उपस्तिथ हुने छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *