Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख १४ गते ।

सिरहा जिल्लामा एक महिला आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउमा परेकी छिन्।

सखुवानन्कारकट्टी गाउँपालिका वडा ५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी ३४ वर्षीया सरीता कुमारीलाई छोराको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।

गत मंगलवार विहानैदेखि पाँच वर्षीय छोरा आयुश नभेटेको उनले छिमेकीहरुलाई बताएकी थिइन्। छिमेकीहरु समेतले खोजतलास गर्दा बालक नभटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खोजतलाश तथा अनुसन्धान गर्दै जाँदा सरीता सुत्ने कोठामै आयुशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए। लुकाई छिपाई राखेको अवस्थमा प्रहरीले आयुशको शव फेला पारेको उनको भनाई छ।

सरिताले छोरालाई किन मारेको ठ्याक्कै कारण भने खुलिसकेको छैन। तर उनी मानसिक रुपमा विक्षिप्त भएको देखिएको र रिस उठेको सुरमा घाँटी थिचेर छोराको हत्या गरेको उनले स्वीकारेको डिएसपी सापकोटाको भनाई छ।

प्रहरीका अनुसार सरिता श्रीमानसँग समबन्ध विच्छेद गरी छोरासँग एक्लै बसिरहेकी थिइन्। आयुषको शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप कुराहरु खुल्न सक्ने प्रहरीको भनाई छ।

सरिता विरुद्ध कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *