Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , बैशाख १३ गते ।

महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित रहेको एउटो सिंगो वस्ती नै आगलागीको चपेटमा परेपछि पीडितहरु बिचल्लीमा परेका छन् ।

आगलागीमा झुल्सिएको मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । बुधबारको आगलागीमा एक सय बढी घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको छ ।

अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरिरहेका छन् भने जिल्ला प्रशासन कार्यालयले त्यसका लागि प्रयास भइरहको जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका लागि अपिल गरेका छन् ।

यता मटिहानी नगरपालिकाको आकष्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ ।

अहिले नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लागेका छन् । नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई भाँडावर्तन प्रदान गरेको बताएको छ ।

महोत्तरी रेडक्रस शाखाका सभापति दीपक मिश्रले आफूहरू सहयोगका निम्ति जुटेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!